लागू औषध दुर्व्यसनविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

लागू औषध दुर्व्यसनविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल काठमाडौँले लागू औषध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको र्याली ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा युवा सङ्गठन नेपाल उपत्यका व्युरो तथा ताम्सालिङ व्युरो इन्चार्ज सुमन क्षेत्रीले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा क्षेत्रीले हरेक युवाहरूको भविष्यलाई ध्वस्त पार्ने लागू औषधलाई निषेध गर्नुपर्ने बताए । उनले युवाहरूलाई दलाल संसदीय व्यवस्थाले नै कुलतमा लाग्न बाध्य पारेको बताए । साथै उनले जसले समाज र क्रान्तिबाट विमुख पार्न योजनाबद्घ साम्राज्यवादीहरूले नसालु पदार्थ अविकसित देशहरूलाई बजार बनाएको आरोप लगाए ।

कार्यक्रममा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल, काठमाडौँ जिल्ला अध्यक्ष दिपक मानन्धरले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा महानगर इन्चार्ज अविरलको पनि सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन महेन्द्र सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :