युवा संगठन नेपाल रसुवाद्वारा लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल रसुवाद्वारा लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल रसुवाले लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन कार्यक्रम रसुवाको बेत्रावतीमा सम्पन्न गरेको छ । नारा जूलूससहित रसुवाको बेत्रावती बजार परिक्रमा गरि धुन्चे मैलुङ दोबाटो चोकमा कोण सभाको आयोजना समेत गरेको थियो ।

नेकपा रसुवाका सेक्रेटरी बिराजले उक्त कोणसभालाई सम्बोधन गर्दै राज्यले युवा शक्तिलाई वेवास्ता गरेको र बेरोजगारीको तनावले गरिबी र पीडाका कारण युवाहरू बरालिन बाध्य भएको बताए । देशमा यो दलाल संसदिय व्यवस्था रहेसम्म युवाहरूको हालत झन खराब हुँदै जाने हुँदा आम युवाहरू क्रान्तिमा लामबद्द हुन र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनलाई संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । चीन युरोप र अमेरिकका युवाहरूले आज विज्ञान र प्राविधिमा गरेको अभुतपूर्व विकासले संसारलाई अगाडि बढाइरहेको तर हाम्रो देशको दलाल शासकहरुको कारण युवाहरू लागू औषधको कुलतमा फस्न थालेकाले सबै युवा अब सचेत हुनुपर्ने बताए । अहिले आधुनिक कुलतका रूपमा पपजी र फ्रीफायर लगायतका इन्टरनेट खेलले पनि युवाहरू कुलतमा फसेको बताए ।

कार्यक्रममा युवा संगठन नेपाल रसुवाका जिल्ला संयोजक जीवन तामाङले युवाहरूलाई लागू औषधका विरुद्ध एकजुट हुन आव्हान गरे । युवाहरू एकीकृत जनक्रान्तिमा लामबद्ध हुदै वैज्ञानिक समाजवादमार्फत देशको विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिनु पार्ने धारण राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :