युवा सङ्गठन नेपाल शुद्धोधन गाउँपालिकाको अध्यक्षमा फूलचन्द लोध

युवा सङ्गठन नेपाल शुद्धोधन गाउँपालिकाको अध्यक्षमा फूलचन्द लोध

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल शुद्धोधन गाउँपालिका वडा नं. ६ को भेला सम्पन्न भएको छ । भेलाले फूलचन्द्र लोधको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

भेलामा युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा निवर्तमान महासचिव सागरले युवाहरू एकीकृत जनक्रान्तिमा गोलबन्द भएर आजको दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।

सङ्गठनका जिल्ला अध्यक्ष तथा शुद्धोधन र सियारी गाउँपालिकाका सेक्रेटरी सन्तोष सुवेदीले समाजमा देखिएको विसङ्गति, स्थानीय निकायमा देखिएको भ्रष्टाचारी र ढिलासुस्तीविरुद्ध सङ्घर्ष आवश्यक भएको बताए ।

कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला सचिव भक्त थापा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :