गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको अध्यक्षमा बुढाथोकी

गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको अध्यक्षमा बुढाथोकी

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको भेला भएको छ । भेलाले असीम बुढाथोकीको अध्यक्षतामा १२ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

नगरसमितिको उपाध्यक्षमा योगेन्द्र क्षेत्री, सचिव आविस पौडेल, सह–सचिव अमित कुँवर, कोषाध्यक्ष लालबहादुर विक र सदस्यहरू विवेक गुरूङ, निशान मगर, सिद्धान्त कँडेल, विशाल परियार, आकाश थापा, अम्मर गुरूङ, ज्ञानबहादुर थापा क्षेत्री र अनिश बुढाथोकी रहेका छन् ।

महासङ्घलाई युवा सङ्गठन नेपाल रूपन्देहीले भलिबल र नेट प्रदान गरेको छ । सङ्गठनका निवर्तमान केन्द्रीय महासचिव सागर र जिल्ला अध्यक्ष सन्तोष सुवेदीले महासङ्घलाई भलिबल र नेट प्रदान गरेका थिए । महासङ्घले सैनामैनामा खेलकुद क्षेत्रलाई व्यवस्थित सञ्चालन र युवाहरूलाई केन्द्रित गर्ने सचिव थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :