नेकपा उदयपुरद्वारा पार्टी कार्यालय उद्घाटन

नेकपा उदयपुरद्वारा पार्टी कार्यालय उद्घाटन

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आफ्नो जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ । आइतबार जिल्लाको सदरमुकामस्थिति त्रियुगा नगरपालिका वार्ड न ११ शान्तिनगर टोलमा खोलिएको हो । उक्त कार्यालयमा ३ वाट आफिस कोठासहित एउटा सभा हल रहेको छ ।

कार्यालयमा जनपत्रकार सङ्गठन नेपालको प्रथम जिल्ला सम्मेलनसहित कार्यक्रमका प्रमुख अतिथि उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रमबाट नेपाली श्रमजीवी वर्गको र राष्ट्रिय स्वाधीनताको पक्षमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :