युवा सङ्गठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

युवा सङ्गठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

डोटी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल डोटीको प्रथम जिल्ला सम्मेलन सिलगढी डोटीमा सम्पन्न भएको छ । सम्मेलनले सुशिल मलासीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै युवा सङ्गठनका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक श्यम भट्टले युवा भनेको परिवर्तनको सम्बाहक भएकोले समाजमा रहेको हरेक विकृतिविसङ्गतिको विरुद्धमा लड्नुपर्ने र परिवर्तनशिल हुनु पर्ने बताएका छन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा डोटी सेक्रेटरी ध्रुव ओलीले युवा भनेको बलियो शक्ति भएकोले पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणको निम्ति योगदान पुर्याउनु पर्ने बताए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि युवा सङ्गठन नेपालका सेम ब्युरो संयोजक श्याम भट्ट, विशिष्ट अतिथि नेकपा डोटी सेक्रेटरी ध्रुव ओली र अतिथिहरूमा जिल्ला नेताहरू ममता, मोहन कठायत, शंकर साउँद रहेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक सुशिल मलासी गरेका थिए भने सञ्चालन प्रकाश कठायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :