आमा बोकेर हिड्छ

कविता

उ आमा बोकेर सडकमा हिडिरहेछ
उ आमा फुटपाथमा बेच्न बसिरहेछ
घरी भाउ बढाउछ
घरी भाउ घटाउछ
स्वर बस्ने गरि चिच्चाउछ
अचेल उ सडकमा आमा बोकेर हिड्छ
आमालाई उ फुटपाथमा राखेको छ
मोलतोल गर्छ बगरेहरू सङ्ग
बगरेहरू आमाको अङ्ग प्रताङ्ग
नियाल्दै गजव छ माल भन्छ
घुटुक्क थुक निल्छ
स्वार्थको सपनाहरू बुन्छ
उ अचेल सडक पेटीमा
आमा बोकेर हिड्छ
आमालाई उ फुटपाथमा राखेको छ
भन्छ आफूलाई उ महान् सन्तान
आमा बेचेर पैसा कमाउछु
यही त हो मेरो ज्ञान
हो उ अचेल
आमा बोकेर हिडेकोछ
फुटपाथमा लिलामीमा राखेकोछ
के आमा फुटपाथमा
बेचिने माल हो ?
के आमा सडक पेटीमा
डुलाउने सामान हो ?
जसलाई पैसा सङ्ग तुलाना गरौँ
आमा त इज्जत हो
आमा त स्वाभिमान हो
आमा त सन्तानको शिर हो
म सक्दैन मेरि आमा
लिलाममा बेचिएको हेर्न
म सक्दैन मेरि आमा
पैसासँग साट्न र फेर्न
म कसरी सक्छु र मेरि आमा
उ जस्तै गरि हदसम्म गिर्न
हो मेरि आमा
मेरो नसामा रगत बग्दासम्म
मेरो मुटुको धड्कन चल्दासम्म
तिम्रो रक्षाको लागि
खुडा खोजी रहन्छु
तरवाल रोजि रहन्छु
उस्को कुकार्यको बिरुद्ध
म लडिरहन्छु
हो उ अचेल सडक पेटीमा
आमा बोकेर हिडिरहेकोछ
आमा बेचेर पैसा कमाउने
धाउन्न खोजी रहेछ ।

२ असोज, २०७८ एमसीसी चाहिँदैन देश बेच्न पाइदैन

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :