उत्पीडनको अन्त्य वैज्ञानिक समाजवाद–साम्यवाद

वैज्ञानिक समाजवाद मात्र यस्तो व्यवस्था हो जसले मानव जातिमा हुने सम्पूर्ण उत्पीडनको अन्त्य र मानव जातिको समान अधिकारको घोषणा गरेको छ । मार्क्स–एङ्गेल्स–लेनिन–माओले भन्नुभयो– महिलाका बारेमा महिला र पुरुषमा लैङ्गिक अन्तरबाहेक अरु कुनै अन्तर छैन । ज्ञान, बुद्धि, क्षमता, श्रम, चेतना सबैमा महिला र पुरुषका बीचमा कुनै असमानता छैन, समान छ तर सत्ता र सम्पत्तिमा स्वामित्व पुरुषले कायम गरेका कारण महिलालाई आफ्नो अधीनमा राखेर महिलामाथि असमानता भई उनीहरु उत्पीडनमा परे । वैज्ञानिक समाजवादको कर्तव्य यही कृत्रिम असमानता, विभेद र शोषणलाई अन्त्य गरिदिनु हो । महिला शक्तिलाई वैचारिक, राजनीतिक, आर्थिक भूमिकामा पुरुषसरह अवसर प्रदान गरेर मानव जातिलाई समान जीवनमा सञ्चालन गर्नु हो ।

मार्क्सको भनाइ छ, बुर्जुवा पुँजीपति वा निजी उत्पादन सम्बन्धहरूको अन्त्यपछि महिलामाथिको उत्पीडन र विभेदको अन्त्य हुनेछ । लेनिनले स्पष्ट रूपमा भन्नुभयो– महिलाको सहभागिताबिना समाजवादको सफलता असम्भव छ । नेपालमा महिलाहरूको भूमिका महत्वपूर्ण हुने तर्क गर्दै १० बर्से भीषण जनयुद्धताका महिलाहरू वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका निम्ति सामन्तवाद, साम्राज्यवादका विरुद्ध वर्गसङ्घर्षमा सामेल भए । फलस्वरुप जनयुद्ध उचाइमा प्रवेश गर्यो । उत्पीडित जाति र पछि पारिएका जातिको मुक्ति र अधिकारको विषयलाई वैज्ञानिक समाजवादी व्यवस्थाले सबैभन्दा उत्कृष्ट तरिकाले उठाएको छ र समाधान गरेको छ । जातीय उत्पीडन दलाल पुँजीपति राज्य र शासक वर्गद्वारा लादिएको समस्या हो भने पछि परेका जातिको समस्या पनि दलाल संसदीय व्यवस्थाको राज्यको विभेदकारी नीतिका कारण पैदा भएको समस्या हो ।

मार्क्स–एङ्गेल्सले जातीय उत्पीडनलाई पनि पुँजीवादको एक समस्याका रूपमा लिनुभएको थियो । उहाँहरुले भन्नुभएको थियो, ‘दोस्रो जातिको उत्पीडन गर्नेवाला कोही पनि जाति मुक्त हुन सक्दैन । कुनै पनि जाति जसले अरूलाई शासन र शोषण गर्दछ, त्यो आफैँ पनि उत्पीडित हुन योग्य हुन्छ र मुक्त हुन सक्दैन ।’

प्रायः शासक वर्गले आफ्नो अनुकूल उत्पीडित राष्ट्र र जातिलाई आफ्नो अनुकूल शासन चलाइराख्ने नीति र कानुन बनाइराख्छ । लेनिनले जातीय समस्याको समाधानका लागि उत्पीडित जातिले आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाउनुपर्ने विचार राख्नुभयो, ‘जातिहरूको समानता जति नै अधिकारपूर्ण हुनेछ, उनको उत्पीडनका कारण अधिकारहरूको अभाव होइन, दलाल बुर्जुवा पुँजीवाद हो ।’ यो दृष्टिकोणले उत्पीडित जातिलाई इतिहासमै नयाँ स्तरमा एकताबद्ध गर्न सक्यो ।

दलित समुदाय

भारतीय दर्शन प्राचीन ब्राह्मण दर्शन, विचार, अध्यात्मवादी मनुस्मृति, सामन्ती पृष्ठपोषक पण्डित–पुरोहितको अन्धविश्वास, छुद्र मन्त्रबाट छुवाछूत र श्रमजीवी समुदायलाई दलित समुदाय बनाई अमानवीय उत्पीडन भएको छ । मार्क्सवादी दृष्टिकोणमा वर्ग समाजकै एक अभिन्न समस्या हो । उत्पादनका साधनमाथिको निजी स्वामित्वले पैदा गरेको वर्गसत्तासँग नै दलित समुदायको समस्या पनि जोडिएको छ । यो समस्याको समाधान अध्यात्मवादी धर्मको अन्त्य, भौतिकवादी दृष्टिकोणबाट सुसज्जित सर्वहारा वर्गीय अधिनायकत्वको समाज र वैज्ञानिक समाजवादको व्यवस्थाले गर्छ ।

श्रम शोषण

पुँजी एक व्यक्तिको श्रम नभई समुदाय वा समाजबाट पैदा हुन्छ तर समुदाय वा समाजको हातमा पुँजी नभई एक व्यक्तिको हातमा परेका कारण राज्यका सम्पूर्ण श्रमिक उत्पीडनमा पर्न जान्छन् । समुदाय, समाज र राज्यका आमश्रमिकको हातमा समान रूपले पुँजीको उत्पादन उपभोग्य वस्तु समान हक भई समान वितरण हुनु नै वैज्ञानिक समाजवाद हो । त्यसैले श्रम शोषणको अन्त्य पनि वैज्ञानिक समाजवादमा नै हुन्छ ।

सत्ताको जन्म

शोषक र शोषितबीच मेलमिलाप नभई वर्गविरोधका कारण राज्यसत्ताको जन्म हुन्छ । निम्न पुँजीवादी बुर्जुवा चिन्तनले वर्ग मेलमिलाप वा वर्गसमन्वय गराउन चाहन्छ, त्यो नै संशोधन वाद हो र त्यसले शोषक वर्गलाई सेवा गर्छ ।

मार्क्सको सिद्धान्तसँगै आज जे भइरहेको छ, मुक्ति सङ्घर्षमा अडिग भएर लागेका उत्पीडित वर्गको अर्को क्रान्तिकारी विचार र नेताहरूको सिद्धान्तको साथमा पनि इतिहासमा प्रायः त्यस्तै भएको छ । महान् क्रान्तिकारीहरूलाई बाँचुन्जेल शोषक वर्ग लगातार उसको ज्यानको पछाडि लागिरहन्छ । उसको सिद्धान्त र विचारमाथि धेरै बर्बरतापूर्ण घृणा देखाउँछ । उसका विरुद्ध झूट्टो र बदनामीहरूको तल्लो स्तरबाट प्रचार गर्दछ तर उसको मृत्यु भइसक्दा उसलाई नोक्सानी नहुने खालको मूर्तिको रूप दिने र उसको नामलाई गुणगान गरेर उत्पीडित वर्गलाई ‘बहलाउने’ र धोका दिनका लागि उसलाई ऋषिमुनीको जस्तो त्यागी भनी प्रचार गर्छ । क्रान्तिकारी सिद्धान्तलाई नपुंसक बनाउने र उसलाई भ्रष्ट बनाउने गर्छ । त्यही विचारलाई सामने राख्छ र प्रशंसा गर्दछ जो पुँजीपतिलाई मान्य हुने गर्छ । सबै सामाजिक अन्धराष्ट्रवादी अब मार्क्सवादी बनिसकेका छन् । यस सम्बन्धमा असल कम्युनिस्टहरूले मार्क्सको असल सिद्धान्तलाई पुनस्थापना गर्नेछन् जसले गर्दा वैज्ञानिक समाजवादको पहलकदमी अगाडि बढ्न सकोस् ।

काउत्सकीले यो विचारलाई बङ्ग्यायो । एङ्गेल्स ले ‘यसप्रकार राज्यसत्ता कुनै यस्तो मजबुत छैन, जसलाई समाजमाथि बाहिरबाट लादिएको होस् र न त्यो नैतिक विचारको वास्तविकता’ । यो तर्कको प्रतिबिम्ब र उसको वास्तविकता छ जस्तो कि हेगेलले भनेका थिए । बरु त्यो समाजको विकासको एक लक्ष्य माथि पुग्दा पैदा हुने एक वस्तु हो र त्यस व्यवस्थालाई सीमामा राख्ने यो बल र साहस समाजबाट पैदा हुन्छ तर जो आफूलाई उसको भन्दा माथि राख्छ र ऊभन्दा धेरै अलग हुने गर्दछ, त्यो राज्य सत्ता हो ।

मार्क्सका अनुसार राज्यसत्ता वर्गशासनको अस्त्र हो । एक वर्गद्वारा अर्को वर्गको उत्पीडन गर्ने अस्त्र हो । त्यो एक यस्तो व्यवस्थाको स्थापना हो जुन वर्गका बीच टक्करलाई कम गरेर यस उत्पीडनलाई कानुन बनाइदिन्छ र उसलाई बलियो बनाउँछ । राज्यसत्ता एक यस्तो विशेष वर्गको शासनको अस्त्र हो जसले उसको विरोधीसँग मेल हुन सक्दैन ।

एकीकृत जनक्रान्ति जिन्दावाद

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :