नेकपा केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक सुरु

केन्द्रीय सदस्यद्वारा रिपोर्टिङसहित महासचिव विप्लवको प्रतिवेदनमाथि छलफल जारी

नेकपा केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको ११ औँ पूर्ण बैठक तनहुँको ऐतिहासिक बजार तथा पुरानो सदरमुकाम बन्दीपुरमा शुक्रबार सुरु भएको छ ।

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले आआफ्नो भूगोलको रिपोर्टिङ राख्नुका साथै महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि धारणा प्रस्तुत गरिरहेका छन् । शुक्रबार १० जना केन्द्रीय सदस्यले रिपोर्टिङसहित धारणा राखेको पनि स्रोतले जनाएको छ ।

कम्युनिस्ट नामधारी केपी वली–पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन कथित दुई तिहाइ बहुमतको सरकारले लगाएको प्रतिबन्ध असफल भएर खारेज भएपछि बसेको नेकपाको यो पहिलो बैठक हो । बैठकमा प्रस्तुत महासचिव विप्लवको समसामयिक राजनीतिक, वैचारिक, साङ्गठनिकदेखि दीर्घकालीन महत्वको प्रतिवेदनमाथि गहन वैचारिक छलफल भइरहेको जानकारी पनि स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :