नेकपा रुपन्देहीद्वारा गाउँ नगर स्तरीय संयुक्त स्कुलिङ उद्घाटन

नेकपा रुपन्देहीद्वारा गाउँ नगर स्तरीय संयुक्त स्कुलिङ उद्घाटन

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले तिलोत्तमा, ओमसोतिया, रोहिणी, शुद्वोदन र सियारीको गाउँ नगर स्तरीय स्कुलिङ उद्घाटन गरेको छ ।
स्कुलिङ कार्यक्रमलाई उद्घाटन गर्दै नेकपा रूपन्देही सेक्रेटरी विश्वासले स्कुलिङले पार्टीभित्र नेता कार्यकर्ताको राजनीतिक वैचारिक क्षमता अभिवृद्विका लागि महत्वपूर्ण हुने बताए । उनले आजको पुँजीवादका विरूद्व सङ्घर्ष गर्न मालेमावादका आधारभूत ज्ञान जरुरी रहेको भन्दै कम्युनिस्ट स्कुलले भूमिका खेल्ने बताए । यस्तै स्कुल विभागका जिल्ला प्रमुख तथा तिलोत्तमा नगर सेक्रेटरी श्याम सेन्चुरीले मालेमावादका तीन सङ्घटक अङ्ग, विज्ञान र प्रविधि, राजनीतिक इतिहास, राजनीतिक कार्यदिशा र कार्यनीति आदि विषयमा प्रशिक्षण हुने बताए ।

उद्घाटन कार्यक्रममा शुद्वोदन रोहिणी गाउँपालिका सेक्रेटरी शिशिर, सिद्वार्थनगर सेक्रेटरी जसवन्त, युवा सङ्गठन नेपाल चौंथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान महासचिव सागर, अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगर, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य रूपा बुढामगर, जिल्ला सदस्य सन्देश लगायतको सहभागिता रहेकोे थियो ।

उक्त कार्यक्रम नेकपा रूपन्देही सेक्रेटरी विश्वासको प्रमुख आतिथ्य, शुद्वोदन सियारी गाउँपालिका सेक्रेटरी तथा युवा सङ्गठन नेपाल जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता, युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणको सञ्चालन र सिद्वार्थ नगर सेक्रेटरी जसवन्तको स्वागतमा सम्पन्न भएको थियो ।

नेकपाले रूपन्देहीमा गाउँ नगर स्तरीय राजनीतिक वैचारिक स्कुलिङ सञ्चालन गर्दै आएको छ । स्कुलिङलाई पार्टी सदस्यसम्म पुर्याउने नेकपाले बताएको छ । स्कुलिङ पाँच दिनसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :