अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरू सम्पन्न भएको सेम क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन् ।

शाहका अनुसार ३ कैलाली : महेश पातलीको नेतृत्वमा ४१ सदस्यीय, ३ कञ्चनपुर : टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय, ३ डोटी : प्रकाश कठायतको नेतृत्वमा १९ सदस्यीय, ३ डडेल्धुरा : गणेश बोहराको नेतृत्वमा २३ सदस्यीय, ३ बैतडी : सुरेन्द्र धामीको नेतृत्वमा २७ सदस्यीय, ३ दार्चुला : भुवन जोशीको नेतृत्वमा ११ सदस्यीय, ३ बझाङ : कमल थापाको नेतृत्वमा १९ सदस्यीय, ३ बाजुरा : चित्रबहादुर शाहीको नेतृत्वमा २७ सदस्यीय, ३ अछाम : दिपेन्द्र जयगढीको नेतृत्वमा २५ सदस्यीय र ३ सुदूर–पश्चिम विश्वविद्यालय : गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएका छन् । उनले हाम्रो सङ्गठन केन्द्रीय सम्मेलनको पूर्व सन्ध्यामा गरीसक्ने भनेको जिल्लाका सम्मेलनहरू सम्पन्न गरिसकेको र अब राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य बनाउन आफूहरू तयारीमा जुटेको बताए ।

अखिल क्रान्तिकारीको केन्द्रीय सम्मेलन असोज ६, ७ र ८ गते पोखरामा हुने मिति तय गरिएको छ, सो सम्मेलन पार्टीका महासचिव विप्लवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :