नेकपाको हुम्ला-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

नेकपाको हुम्ला-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी हुम्ला र मुगुले जिल्लाका काठमाडौँमा बस्नेहरूलाई सङ्गठित गर्न थालेको छ । नेकपाले मङ्गलबार हुम्ला, मुगु जिल्लाबासीहरू सङ्गठित गरि हुम्ला-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ ।

हिक्मत परियारको अध्यक्षतामा ७ सदस्यीय हुम्ला-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको हो । काठमाडौँको चावहिल मित्रपार्कको एक हलमा सम्पन्न हुम्ला मुगुबासीहरूको भेलाले जनगतान्त्रिक सम्पर्क मञ्च गठन गरेको नेकपाले जनाएको छ ।

भेलामा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला/मुगु जिल्ला इन्चार्ज सङ्गमले प्रशिक्षण दिँदै राष्ट्रिय स्वाधीनताको लागि एमसीसी सम्झौता खारेजी अभियानमा लाग्न निर्देशन दिएका थिए । उनले दलाल संसदीय व्यवस्थाले नेपाली जनतालाई ठुलो उत्पीडन दिएको र असफल पनि भइसकेकाले नेपालमा वैज्ञानिक समाजवादी सत्ता आवश्यक भएको बताए । हुम्ला मुगुबासीहरू जहाँ बसेपनि सङ्गठित भएर राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षमा उभिन अपिल गरे ।

काम विशेषले राजधानीमा बसेका विद्यार्थी, समाजसेवी वुद्धिजीवीहरूलाई राष्ट्रिय स्वाधीनता र दलाल संसदीय व्यवस्था परिवर्तनको आन्दोलनमा जोड्न हुम्ला/मुगु जिल्लाबासीहरूलाई सङ्गठित गरि जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको नेकपाले जनाएको छ ।

एनएस विकको अध्यक्षतामा भएको कार्याक्रमको सञ्चालन हिक्मत परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :