अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

कैलाली : अखिल (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाचौँ इकाई सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले देशको दलाल पुँजीवादी शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने बताए । हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद जनमतसङ्ग्रह मार्फत स्थापना गरी सबै किसिमका शैक्षिक समस्याहरूको हल गर्नुमा सङ्गठनको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो ।

त्यसैगरी कञ्चनपुर जिल्ला पार्टी सचिव तथा कार्यक्रमका विशिष्ट अतिथि जीवनले पार्टीको नीति कार्यक्रम, कार्ययोजना र विद्यार्थी सङ्गठनको भूमिकाको बारेमा प्रस्ट्याएका छन् । अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो सदस्य ललित एसकेले बधाई मन्तव्य राखेका थिए ।

एसकेको अध्यक्षतामा २५ सदस्यीय क्रान्तिकारी कमिटी विस्तार भएको छ । उपाध्यक्ष पुष्पा धामी, सचिव बिनोद एसके, सह–सचिव प्रकाश लुहार, कोषाध्यक्ष खडक बिष्ट चयन भएका छन् । अखिल क्रान्तिकारी सुप विश्वविद्यालयका इन्चार्ज नरेन्द्र भाट, युवा सङ्गठनका केन्द्रीय सदस्य भुवन कुँवर सहितका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :