जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

बझाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपक्षीय पत्रकारहरूको सङ्गठन जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ ।

जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका बझाङ जिल्ला सेक्रेटरी बिराट र विशिष्ट अतिथिमा जनपत्रकार सङ्गठन नेपाल शुदूर–पश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :