राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आइतबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध बेलुन उडाउँदै सिट्ठी जुलुस गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अमेरिकाले एमसीसी परियोजनामार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैयाँमा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र यो परियोजना तुरुन्त खारेजीको माग गर्दै कालो बेलुन उडाउँदै सिट्ठी जुलुस गरेर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सचिव खेम घर्तिले एमसीसी हाम्रो देशलाई आवश्यक नभएको, यहाँका जनतालाई आवश्यक नभएको बताएका छन् । उनले यसै भनाईलाई स्पष्ट पार्दै नेपालमा बाटो र विद्युतिय लाईनको लागि यहाँका दलालहरूले छलेको कर मात्रै असुल गर्ने हो भने एमसीसी परियोजनाको भन्दा ५ गुणा बढि पैसा उठ्ने र त्यसैले देश शिक्षा, स्वास्थ्य, विद्युत लगायतका बिकासमा टेवा पुग्ने बताए ।

यस्तै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले यदि सरकार साच्चै जनताका अभिभावक हो भने भारतले अतिक्रमण ७२ भन्दा बढि ठाउँबाट मिचिएका भूभागहरू फिर्ता ल्याऊ, जनताका छोराछोरीलाई निःशुल्क शिक्षा देऊ, निःशुल्क उपचार गर यो जनताले नचाहेको एमसीसी ल्याएर नेपाली जनताको छातीमा अमेरीकी सेनाको बुट बजार्ने काम नगर्न चेतावनी दिँदै आम देशभक्त नागरिकहरूलाई अबको एक मात्र विकल्प वैज्ञानिक समाजवादले मात्र देशको आमुल परिवर्तन हुने बताउँदै एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादको बाटोमा लामबद्ध हुन अनुरोध गरे ।

सिट्ठी जुलुस कार्यक्रम भक्तिटोलादेखि शान्ति बगैँचासम्म भएको र कोणसभा गर्दै एमसीसी खोरेजीको माग गर्दैै बेलुन उडाएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :