नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको गौरादह नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त थापा र कार्यालय सचिव सञ्जय राईको आतिथ्यता रहेको थियोे ।

उक्त नगर भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज लिम्बुले नवगठित नगर कमिटीलाई बधाई तथा शुभकामना दिँदै जनताको घरघरमा नेपाल कम्युनिस्ट पार्टीको विचार सिद्धान्त लिएर जान आग्रह गरेका छन् । उनले अबको देशको भाग्य र भविष्य निर्धारण गर्ने एकमात्र बाटो भनेको वैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै समाजवाद प्राप्तिका लागि पार्टी जस्तोसुकै सङ्घर्ष गर्ने उल्लेख रहेको बताए ।

नगर इन्चार्ज विज्ञानको अध्यक्षतामा सम्पन्न प्रथम नगर भेलाले भानुलाई सचिव चयन गर्दै १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :