राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले राष्ट्रघाती एमसीसीविरुद्ध सिट्ठी जुलुसपछि कोणसभा सम्पन्न गरेको छ ।

जिल्ला सेक्रेटरी गोपाल, पुर्व जिल्ला सेक्रेटरी तथा बिशेष कमिटी सदस्य सशी, युवा सङ्गठन नेपालको जिल्ला अध्यक्ष तेज लामा, हरिहरपुर गढी गाउँपालिका इन्चार्ज कपिल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सेक्रेटरी गोपालले एमसीसी अमेरिकाको सहयोग नभएर चिनीमा मिसाएर दिएको बीस भएको हुनाले त्यसको खारेजी गरिनुपर्ने बताए । यस्तै सशीले एमसीसी नेपालको हितमा नरहेको र अमेरिकाले नेपाललाई चीनसँग लड्ने भूमिको रुपमा प्रयोग गर्न खोजेको बताए ।

उक्त सिट्ठी जुलुस कार्यक्रमको सञ्चालन पवनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :