नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस सम्पन्न गरेको छ । सिट्ठी जुलुसपछि कोणसभामा परिनत गरिएको थियो ।

केन्द्रीय सदस्य तथा सर्लाही रौतहट इन्चार्ज मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ पुर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान, अखिल नेपाल ट्रेडयुनियन महासङ्घका जनकपुर ब्युरो संयोजक पदम मगर ‘बिहानी’, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य किसुनदेब शर्मा, मदेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम, अनेम सङ्घका जिल्ला अध्यक्ष पर्मिला राउत लामा, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक अर्पण पौडेल, अनेरास्ववियु क्रान्तिकारी रौतहट संयोजक अबिसेक शाही लगायतका नेता र जनताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कोणसभामा केन्द्रीय सदस्य मिसन शाहीले एमसीसी राष्ट्रघाती रहेको र खारेजी गरिनुपर्ने बताए । उनले सम्पूर्ण बामपन्थी, प्रगतिशील, क्रान्तिकारी सबै सचेत नागरिक एमसीसीको बिरोधमा उत्रनुपर्ने बताए ।

यस्तै सेक्रेटरीले देश बिकाश गर्न अमेरिकी सहयोग नचाहिने र बेरुजु, भ्रष्टाचारलाई मात्र रोक्न सके देश बिकास सहजै गर्न सकिने बताए ।

उक्त कार्यक्रमको सञ्चालन एनबि थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :