अखिल क्रान्तिकारी कञ्चनपुरको १७औ जिल्ला सम्मेलन सम्पन्न

अध्यक्षमा पाठक

अखिल क्रान्तिकारी कञ्चनपुरको १७औ जिल्ला सम्मेलन सम्पन्न

नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १७ औं जिल्ला सम्मेलन टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ ।सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य ओम प्रकाश पुनले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारी ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । नेपालको यो विभेदपूर्ण शिक्षा प्रणालीको पर्खाल भत्काउनु अहिलेको आवश्यकता रहेको बताए। अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल,कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पनि सर्वसाधारण जनताको पहुँच पुगाउन नसकेको बताउँदै उच्च शिक्षा सर्वसाधारणको पहुँच बाहिर हुने कुरा ज्यादै नै अन्याय पूर्ण रहेको बताएका छन । यो किसिमको द्वैध शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको पहुँचमा हुने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य बनेको उनको भनाई थियो ।

आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गरी समान पहुँच सहितको गुणस्तरिय शिक्षा लागू गर्ने बताउँदै दलाल व्यवस्थाले दलाल उत्पादन गर्ने जिकिर गरे। वैज्ञानिक समाजवाद स्थापना भए आफ्नो स्वर्ग ढल्छ कि भनेर कोही आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै जनमत संग्रह मार्फत जनतालाई आफ्नो व्यवस्था आफै चुन्ने अधिकार दिनुपर्ने बताए। शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्ने बताए।सम्मेलनले सफल र सबल नेतृत्व चयन गर्न सकोस् भन्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

साथै सुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रमका अतिथि तथा अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले अखिल क्रान्तिकारी शैक्षिक रूपान्तरण संगै सामाजिक रूपान्तरणको नेतृत्व गर्ने संगठन समेत भएको बताए।

पूर्ण रूपमा समाज,परिवेश देश र सिंगो यो राज्य व्यवस्था नै बदल्नलाई आफूहरु जनतामाझ विभिन्न रचनात्मक कार्यहरू मार्फत वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माण गर्न लागि परेको प्रस्ट्याएका छन् ।२१औ शताब्दीमा आउँदा पनि नेपालमा शैक्षिक असमानता र विभेद रहेको भन्दै शैक्षिक असमनता नियन्त्रण गर्न सके मात्र सामाजिक विभेद नियन्त्रण गर्न सकिने उनको भनाई थियो।शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व राज्यको हुनुपर्ने बताउँदै उच्च शिक्षा निःशुल्क र प्राविधिक शिक्षा सर्वसुलभ हुनुपर्ने बताए। दलाल पूँजीवादी व्यवस्थाको शिक्षा प्रणालीले समाजमा दिन प्रति दिन युवाहरु लाई विदेश पलायन गराउने, बेरोजगार बनाउने तर्फ लगेको बताउँदै यसको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा हुने बताए ।

कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समितिका सदस्य टेकेन्द्र पाठकले स्वागत मन्तव्य राखेका थिए भने नेकपाका केन्द्रिय सदस्य अग्नि धामी,समाजवादी राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष देविदत्त पाण्डे लगायत ले सुभकामना मन्तव्य राखेका थिए । कञ्चनपुर पार्टी सचिव रमेश परियार जीवनले प्यानल प्रस्तुत गरेका थिए भने बधाई मन्तव्यमा युवा संगठन का केन्द्रिय सदस्य भुवन कुंवरले राखेका थिए ।

सम्मेलनबाट निर्वाचित समितिमा अध्यक्ष टेकेन्द्र पाठक, उपाध्यक्ष भरत विक , सचिव अर्जुन विक, सह सचिव अनिल घरेडी ,कोषाध्यक्ष हरिस ऐरी र सदस्यहरु लक्ष्मी शाह, चन्द्र टुकृया ,पुस्पा धामी ,कुसुम जोशी, जनक पन्त, प्रकाश लुहार लगायत रहेका छन् । कार्यक्रमको सञ्चालन भरत बिकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :