कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइयो

कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइयो

धनगढी : कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शनिबार जिल्लाका विभिन्न स्थानहरूमा नगर समितिहरूले सम्झौता जलाएका हुन। राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित भए नेपालमाथि अमेरिकि उपनिवेश कायम हुने भन्दै एमसीसी सम्झौता खारेज गर्न दबाबस्वरूप सम्झौता जलाइएको गोदावरी नगर सेक्रेटरी साजनले जानकारी दिए।

जिल्लाको धनगढी, गोदावरी, घोडाघोडी,बर्दगोरिया ,भजनी लम्किचुहा, टीकापुर लगायत नगर समितिहरूले सम्झौता जलाउँदै राष्ट्रघाती एमसीसी सम्झौता खारेज हुनुपर्ने बताए। एमसीसी उपाध्यक्ष फातिमा सुमार लगायतको प्रतिनिधिमण्डल नेपाल आएर संसदवादी राजनैतिक पार्टीका नेताहरूलाई भेटेर दबाब दिइरहेको भन्दै एमसीसी पारित गर्ने राजनैतिक दलका नेता र सांसदहरूलाई खबरदारी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :