नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले एमसीसी सम्झौता पत्र जलायाे

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले एमसीसी सम्झौता पत्र जलायाे

नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले हरिवनको कृष्ण मन्दिर चोकमा एमसीसी सम्झौता पत्र जलाएको छ । एमसीसी सम्झौता पत्र जलाएर भएको कोणसभामा जिल्ला सेक्रेटरी कमल सुस्लिङ,पूर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा संगठन नेपालका केन्द्रिय सदस्य बिचारमान, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पदम मगर बिहानी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य किसुनदेब शर्मा, अनेरास्ववियु .(क्रान्तिकारीं) का सर्लाही जिल्ला संयोजक अर्पण पौडेल, अनेम संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष प्रमिला लामा राउत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कोणसभामा जिल्ला सेक्रेटरी कमलले सम्बोधन गर्दै सम्पूर्ण नागरिक, सुकुम्बासी वर्ग सबै एकजुट भएर एमसीसी खारेजीको विरुद्धमा उठ्नु पर्ने बताए ।
२०७६ असार ५ गते राज्यद्वारा हत्या गरिएका सहिद कुमार पौडेलको सपना पूरा गर्न आफ्नो पार्टी निरन्तर संघर्षमा रहेको बताए । कुमर पौडेल सुकुम्बासीहरुको ढुकढुकी रहेको र कुमारले छोडेको बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी निरन्तर अगाडि बढिरहेको बताए । एमसीसी राष्ट्रको हितमा नरहेको जिकिर समेत गरे ।
जनकले सम्बोधन गर्दै एमसीसीको विरुद्ध संघर्ष गर्नु पर्ने र एमसीसीको विरुद्ध थप सबै नागरिक सडकमा उत्रिनु अपिल गरे ।

बिचारमानले विगतमा भएका रास्ट्रघाती सन्धि सम्झौता सबै खारेजी गरिनु पर्ने र मिलिनियम च्यालेन्ज कर्पोरेसनलाई नेपालमा भित्रनि दिन नहुने बताउदै
बरु एमसीसी नेपालमा ल्याउन चाहने रास्ट्रघातीहरुलाई नै अमेरिका तिरै पठाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :