नेकपा अर्घाखाँचीद्वारा एमसीसीको सम्झौता कागज दहन

नेकपा अर्घाखाँचीद्वारा एमसीसीको सम्झौता कागज दहन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले शनिबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताको कागज जलाएर बिरोध गरेको छ ।

अमेरिकाले एमसीसी परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजीको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिए ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले एमसीसी सम्झैतामा भएका मुख्य १४ वटा राष्ट्रघाती बुँदाहरू पढेर सुनाउँदै अमेरिकी सेनाको गोली खानु भन्दा यहीँका हाम्रा सुरक्षाकर्मी दाजुभाईका बुट र गोली खान तयार भएको तर कुनै हालतमा एमसीसी पास हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :