राष्ट्रघाती एमसीसी परियोजनाबिरुद्ध दैलेखमा विरोध कार्यक्रम

राष्ट्रघाती एमसीसी परियोजनाबिरुद्ध दैलेखमा विरोध कार्यक्रम

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले केन्द्रीय योजना अनुसार राष्ट्रघाती एमसीसी परियोजनाबिरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दैलेखको गुराँस गाउँपालिकाको बुबईरागे बजारमा भएको हो ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! अमेरिकी साम्राज्यवाद मुर्दावाद !! एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !! लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

विरोध सभामा पुर्व जिल्ला सेक्रेटरी विश्वले देश र जनताको चाहना विपरीत राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गरियो भने त्यसका बिरुद्ध सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, क्रान्तिकारी शक्ति एकजुट भएर आन्दोलनको आँधीबेहरी सञ्चालन हुने कुरा उल्लेख गरे । उनले संसदीय व्यवस्था र एमसीसीको एउटै चिहान बनाएर देशलाई स्वाधीन बनाउनु पर्ने बताए ।

यसैगरी दैलेखको नौमुले बजारमा पनि एमसीसी सम्झौताका बिरुद्ध विरोध कार्यक्रम सम्पन भएको छ । नौमुलेमा भएको बिरोध कार्यक्रममा जिल्ला कमिटी सदस्य सुवर्णले संसदीय व्यवस्थाले विगतदेखि वर्तमानसम्म राष्ट्रघात गर्दै अएकाले अहिले जनचाहना विपरीत एमसीसी सम्झौता गरेर अर्को ठुलो राष्ट्रघाती कदम गर्न लागेकाले सम्पूर्ण जनताले संसदीय व्यवस्थाको अन्त गर्न लाग्नुपर्ने कुरा बताए ।

जिल्लाका अन्य स्थानीय तहमा पनि एमसीसीबिरुद्ध कार्यक्रम सम्पन्न गरिएको जानकारी जिल्ला सेक्रेटरी दिपेन्द्रले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :