एमसिसिको विरोधमा डोटीमा प्रदर्शन

एमसिसिको विरोधमा डोटीमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी ,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा दिपायल पिपल्लाबजारमा एमसिसि विरुद्ध विरोध प्रदर्शन भएको छ। पिपल्ला बजारको माथिल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुँदै बिच बजारमा आएर कोण सभामा परिणत भएको थियो ।


सो कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुव ओलीले एमसिसि भनेको नेपाललाई अफगानिस्तान बनाउने रणनिति भएको बताउँदै यसको नेपाली जनताहरुले डटेर प्रतिवाद गर्नु पर्ने बताए।उनले एमसिसि सम्झौतामा राखिएका केही प्रावधानका कारण नेपालको राष्ट्रिय स्वाधिनता नै खतरामा रहेको बताउँदै यो सम्झौता खारेज हुनुपर्ने बताए।


कोण सभामा नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी चन्द्र थापा र नमस्ते नेपाल डोटीका अध्यक्ष शैलेन्द्र खडकाले सम्बोधन गरेका थिए।उनिहरूले एमसिसि सम्झौता नेपालीलाई समृद्धिको लोभ देखाएर देशमा युद्ध थोपर्ने षडयन्त्र भएको बताउँदै यसको खारेजीका लागि सम्पूर्ण देशभक्त तथा प्रगतिशील शक्ति एकजुट भएर संघर्ष गर्नुपर्ने बताएका थिए।

कोणसभाको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :