अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको दोस्रो जिल्ला बैठक सम्पन्न भएको छ ।

बुधबार बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कृष्णप्रसाद वाग्ले ‘रुपेश’, नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट ‘प्रतिक’ र विशेष टिमको जिल्ला सदस्य सुकबहादुर तामाङको आथित्यमा जिल्लाको दोस्रो बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रुपेशले भदौ २३ को स्मरण गर्दै जनयुद्धमा सहिद हुनुहुने सुरेश वाग्ले ‘बासु’ र भिमसेन पोखरेल ‘वैरागी’ को त्याग र बलिदानी खेरा जान नदिने प्रण गर्दै उहाँहरूको आस्था र विचारबाट कहिल्यै विचलित नहुने बताए । उनले दुई खाले शिक्षा नीति पूर्णरुपमा खारेज गर्न र देशका निजी शैक्षिक संस्थाहरूलाई राष्ट्रियकरण गर्न अब अखिल (क्रान्तिकारी) ले महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको बताए । दलाल संसदीय व्यवस्थाका मतियारहरूले देशको शिक्षा नीति श्रम, सिप, रोजगार उत्पादन गर्नतर्फ लाग्न भन्दा खाडी मुलुकतर्फ जानको लागि शैक्षिक सर्टिफिकेट बिक्री गर्ने केन्द्र बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :