एमसिसि सम्झौता राष्ट्रघाती : शाह

एमसिसि सम्झौता राष्ट्रघाती : शाह

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल शाहले एमसिसि सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।नेकपा डोटीले आयोजना गरेको विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता शाहले एमसिसि परियोजना नेपाललाई अफगानिस्तान बनाउने षडयन्त्र स्वरूप आएको दाबि गरे।

उनले एमसिसिका नाममा नेपालमा अमेरिकि सेना भित्र्याउने षडयन्त्र भईरहेको बताए। उनले कुनै पनि परियोजना संसदबाट पारित गर्नुपर्ने नियम नभए पनि अमेरिकाले एमसिसि संसदबाट पारित गर्न दबाब दिएर संसदबाट नै राष्ट्रघाती परियोजना पारित गराउन खोजेको आरोप लगाए। एमसिसिका प्रावधान नेपालको संविधानभन्दा माथि रहने शर्त राखेर नेपालमाथि उपनिवेश कायम गर्न खोजेको उनको आरोप थियो ।

एमसिसि सम्झौताको विरुद्ध नेकपाले देशव्यापी रुपमा घोषणा गरेको आन्दोलनको क्रममा डोटी जिल्लाले शैलेश्वरी मन्दिरबाट नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय सिलगढी अगाडी कोणसभा सम्पन्न गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :