एमसीसीविरुद्ध २२ दलीय मोर्चाको काठमाडौँमा प्रदर्शन हुँदै

एमसीसीविरुद्ध २२ दलीय मोर्चाको काठमाडौँमा प्रदर्शन हुँदै

काठमाडौँ : देउवा सरकारले अमेरिकी राष्ट्रघाती परियोजना एमसीसी सदनबाट पारित गर्ने कसरत गरेपछि नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतको २२ दलीय मोर्चाले आज काठमाडौँमा विरोध प्रशर्दन गर्दैछन् ।

दिउँसो १ बजे माइतीघर मण्डलामा हुँने प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का सिपि गजुरेल ‘गौरव’, नेपाल कम्युनस्टि पार्टीका सचिवालय सदस्य सुदर्शन लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले एमसीसी सदनबाट पारित गराउन कोसीस् गरेको र यसो गरेको खण्डमा नेपाल पराधिन बन्ने भन्दै देशैभरी जनस्तरबाट विरोध भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :