अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल(क्रान्तिकारी) डोटीको अध्यक्षमा प्रकाश कठायत चयन भएका छन् ।डोटी बहुमुखि क्याम्पस डोटीको सभाकक्षमा सम्पन्न आठौ जिल्ला सम्मेलनले प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा चयन भएका छन ।


मंगलबार सम्पन्न जिल्ला सम्मेलनको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा सेम व्युरो संयोजक बिरेन्द्र शाहले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपालको शिक्षाप्रणाली अवैज्ञानिक र बेरोजगार उत्पादन गर्ने मेसिन जस्तो भएको बताए। देशको युवाशक्ति विदेश पलायन गराउने शिक्षाप्रणालीले देशको विकास गर्न नसक्ने बताउँदै शिक्षाप्रणालीमा राष्ट्रियता झल्किनुपर्ने बताए। बहुसङ्ख्यक नेपालीले आफ्नो सम्पुर्ण सम्पत्ति बेच्दा पनि प्राविधिक शिक्षा पढाउन सक्ने अवस्था नरहेको बताउँदै प्राविधिक शिक्षा सर्वसुलभ हुनुपर्ने बताए। दलाल व्यवस्थाको अन्त्य सँगै वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाप्रणालीको आवश्यकता रहेको उनको भनाई थियो।


विशिष्ट अतिथि तथा नेकपा डोटी सेक्रेटरी ध्रुवले अहिलेको दलाल सरकारको कारण राष्ट्रियता संकटमा परेको बताउँदै त्यसको उत्कर्ष स्वरुप एमसिसि पारित गर्न सरकारले तयारी गरेको बताए। भारतले जय सिंह धामीको हत्या गर्दासम्म पनि सरकारले कूटनीतिक नोट समेत पठाउन नसक्नु दलालीकरणको भद्दा रूप भएको उनको भनाई थियो। नेपालको राष्ट्रिय स्वाधिनता खतरामा परेको बताउँदै राष्ट्रियताको रक्षाका लागि युवा विधार्थीले डटेर सामाना गर्नु पर्ने बताए।

उद्घाटन कार्यक्रममा जनपत्रकार संगठन नेपाल सुप प्रदेश संयोजक प्रकाश थापा,अनेरास्ववियु जिल्ला अध्यक्ष डबल बोहरा,अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला प्रतिनिधी योगेन्द्र भट्टले शुभ कामना मन्तव्य राखेका थिए।अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रकाश कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनपत्रकार संगठन नेपाल सुप संयोजक प्रकाश थापा,पार्टी जिल्ला सदस्यहरु विद्रोही,मोहन,कृष्ण,सुसिल,छत्र,अनेरास्ववियु अध्यक्ष डबल बोहरा र अनेरास्ववियु क्रान्तिकारी प्रतिनिधी योगेन्द्र भट्ट लगायतका अतिथिहरूको सहभागिता रहेको थियो भने संचालन दीपक भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :