आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

दलाल सरकारले गरेको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल उपत्यका ब्यूरोले काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेशले जनताबाट उठेको कर दलाल र भ्रष्टहरुले स्विस् बैङ्कमा लुकाएर राखेको बताए । अहिलेको सरकार र व्यवस्था विदेशीको इसारामा नाच्ने भएको हुँदा देशका जनताले सास्ती भोग्नु परेको बताए ।

बेरुजु भएको रकम नेता र कार्यकर्ताले मिलिजुली खाएको पनि उल्लेख गरे । दलाल संसदीय व्यवस्था रहेसम्म नेपाली युवाहरु विदेशीको गुलाम बन्नु पर्ने बाध्यता भएका कारण एकीकृत जनक्रान्तिको बाटोबाट जनताको आफ्नै व्यवस्था चुन्नको लागि जनमत संग्रह गर्नु पर्ने यदि राज्यले नमाने लाखौँ युवा र जनता सडकमा उतारी राज्यलाई बाध्य पार्ने चेतावनी दिए ।

सम्पूर्ण युवाहरु भ्रष्टाचार विरुद्धको आन्दोलनमा लाग्न पनि अपिल गरे । एमसीसी सम्झौता यदि सरकारले संसदबाट पास गरे संगठन सडकमा आउने र आन्दोलनको आधिबेहरी सिर्जना हुने चेतावनी दिए । कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने पनि बताए । सयौँ युवाहरुको र्याली रानी पोखरी परिक्रमा गरि शान्तिबाटिकामा गएर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको संचालन उपत्यका विशेष ब्यूरो तथा ताम्सालिङ ब्यूरो इन्चार्ज सुमनले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :