राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

युवा संगठन नेपाल जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विरोध प्रदर्शन ठाँटिबजारबाट शुरु भई जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुनः ठाटिबजारमा आई कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसीले नेपालको राष्ट्रियता संकटमा परिरहेको बताउँदै सम्पूर्ण देशभक्त,राष्ट्रवादी, प्रगतिशिल शक्तिहरु एकठाँउमा उभिनुपर्ने बेला आएको बताए।उनले भने”राष्ट्रिय स्वाधीनतामाथि पटक पटक प्रहार भइरहदा पनि दलाल सरकार मुकदर्शक बनिरहेको बरू उल्टै राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउनेहरुलाइ नै दमन गरेर सरकारले आफ्नो दलाल रवैया प्रस्तुत गरिरहेको बताए।


यस्तै कार्यक्रममा बोल्दै नेकपाका जाजरकोट जिल्ला सचिव प्रेम चलाउने अनन्तले केही व्यक्तिहरूको निहित स्वार्थको लागि दलाल संसदवादी सरकार राष्ट्रियताको मामिलामा खेलाची गरिरहेको बताउँदै सम्वेदनशिल बन्न अनुरोध गरे। एमसिसि परियोजनाका नाममा अमेरिकी सेना भित्र्याएर नेपालका युरेनियम खानी कब्जा गर्न खोजिएको बताउँदै आफ्नो पार्टीलाई कदापी स्वीकार्य नहुने बताए।
उनले नेपाल कम्युनिस्ट पार्टी जनजिविका र राष्ट्रिय स्वाधिनताको लागि सदैब संघर्ष गर्न तयार रहेको उल्लेख गर्दै जनताको अधिकार र राष्ट्रियताका लागि संघर्ष गर्ने प्रतिवद्धता जनाए।कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष तथा भेक व्युरो सदस्य गोविन्द चन्दले नेपाली युवाहरु अब विदेशीका गुलाम बन्नु भन्दा आफ्नो देशको राष्ट्रियताको रक्षाको लागि एकजुट भएर आवाज उठाउन आह्वान गरे। एमसिसि परियोजनालाई सरकारले आर्थिक उन्नतिको आधार भन्नू भनेको आकासतिर फर्केर थुक्नु जस्तै भएको उनको भनाई थियो।अखिल (क्रान्तिकारी)जाजरकोटका अध्यक्ष विराजन शाहीले सञ्चालन गरेको कार्यक्रममा युवा, विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :