नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले एक महिने सङ्गठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान जिल्लाभरी औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको जनाएको छ ।

अभियान उद्घाटनको क्रममा जिल्लाको राजपुर गाउँपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा गढवा–राजपुर गाउँपालिका इन्चार्ज सुरजले गरेका थिए । यस्तै गढवा गाउँपालिका अन्तर्गत अभियानको उद्घाटन अभियान टिमका प्रमुख तथा पार्टी जिल्ला कमिटी सदस्य भिमप्रकाश पुनले गरे ।

लमही नगरपालिकामा एक महिने अभियानको उद्घाटन अभियान टिमका प्रमुख नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए भने राप्ती गाउँपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा दाङ जिल्ला कमिटी सदस्य धर्तीले गरेका थिए ।

यस्तै एक महिने सङ्गठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत नेकपाले घोराही उप–महानगरपालिकामा चारवटा अभियानको उद्घाटन गरेको जनाएको छ । जसअन्तर्गत पश्चिम र उत्तर कमान्ड अभियानको उद्घाटन नेकपा घोराही उप–महानगर इन्चार्ज तिलकले गरेका थिए भने घोराही पुर्व अभियानको उद्घाटन अखिल (क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले गरेका थिए । यस्तै घोराही दक्षिणमा अभियानको उद्घाटन अभियानका टिम प्रमुख नेकपा दाङ जिल्ला कमिटी सदस्य महानले गरेका छन् ।

तुलसीपुर उप–महानगरपालिकाको बिजौरिमा अभियानको उद्घाटन नगर इन्चार्ज बिकाशले गरेका थिए भने तुलसीपुर पश्चिम भमकेमा अभियानको उद्घाटन पार्टी जिल्ला कमिटी सदस्य बिजय मल्लले गरेका थिए । यस्तै बङ्गलाचुली गाउँपालिकामा एक महिने अभियानको उद्घाटन अभियान टिम प्रमुख पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :