नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले कार्यकर्ता स्कुलिङलाई तीव्रता दिएको छ । गाउँ नगर स्तरीय स्कुलिङ अन्तर्गत जिल्लाको सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र कञ्चन गाउँपालिकाको संयुक्त स्कुलिङ कार्यक्रम आइतबार गजेडीमा सम्पन्न भएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको स्कुलिङ समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले मालेमावादका तीनवटै सङ्घटक अङ्ग, राजनीतिक कार्यदिशा र कार्यनीतिका आधारभूत ज्ञानबारे स्कुलिङ सञ्चालन गरेको भन्दै यसले कार्यकर्ताको राजनीतिक वैचारिक क्षमता बृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पार्टीको केन्द्रीय नीति अन्तर्गत स्कुललाई पार्टी सदस्यसम्म पुर्याउने बताए ।

नेकपाका जिल्ला नेता एवम् गैडहवा र कञ्चन गाउँपालिकाका सेक्रेटरी नवीनले स्कुलिङबाट प्राप्त ज्ञानलाई सङ्गठनमा बदल्ने बताए । उनले स्कुलिङले पार्टीको नीति, योजना र कार्यक्रम बुझ्नलाई महत्वपूर्ण हुने बताए । यस्तै कार्यक्रमा स्कुलिङ विभागका तर्फबाट श्याम सेन्चुरी र खोमा तरामु मगरले बोलेका थिए ।

प्रशिक्षार्थीहरूको तर्फबाट चन्द्रबहादुर पुन, हर्क सुनार, केशव थापा, साया सापकोटा, पदम पराजुली, निशान सुवेदी, किरण, नारायण पौडेल, सोमनाथ शर्मा, भक्त थापा, धनपति शर्मा, अविराम थारु, प्रेम चौधरी, भुड्की सुनार, देवनारायण चौधरी, लक्ष्मी घिमिरेले स्कुलिङमा अध्ययन गराइएका बिषयहरूबारे आ–आफ्नो अनुभूति राखेका थिए ।

स्कुलिङमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे आधारभूत प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा गाउँ र नगरबाट प्रतिनिधिमूलक सहभागिता गराइएको थियो । सैनामैना सेक्रेटरी बर्षाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :