अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले यादव चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भिखुराम चौधरी, सचिवमा विफई कोंहार, सह–सचिवमा मोहन कँडेल, कोषाध्यक्षमा माधव केसी रहेका छन् । नेकपाका केन्द्रीय सदस्य सञ्जीव कुमारले भेलाको उद्घाटन गरेका थिए ।

सञ्जीव कुमारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु, नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसी, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय उपाध्यक्ष गुनाखर भट्टराई, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक सङ्घप्रसाद थारु, जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष बिरबहादुर विक, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन कपिलवस्तु जिल्ला संयोजक विष्णु पौडेल, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य रामनिवास चौहान, प्याब्सन केन्द्रीय सदस्य नरेन्द्र भुसालको आतिथ्यता रहेको थियो ।

भेलामा शुभकामना मन्तव्य सञ्जीव कुमार, नरेन्द्र भुसाल, सङ्घप्रसाद थारु, गुनाखर भट्टराई र कमल केसीले राखेका थिए भने बधाई मन्तव्य राम निवास चौहान, विरबहादुर विक र जुझारुले राखेका थिए ।

सङ्गठनका दोस्रो जिल्ला भेला आयोजक समितिका जिल्ला संयोजक भिखुराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मोहन कँडेल र सञ्चालन यादव चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :