अखिल क्रान्तिकारी मोरङले दियो पोस्टर टाँस्ने कामलाई तीव्रता

अखिल क्रान्तिकारी मोरङले दियो पोस्टर टाँस्ने कामलाई तीव्रता

मोरङ : असोज ६, ७ र ८ गते पोखरा जाऔँ, अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन सफल पारौँ ! भन्ने मूल नाराका साथ अखिल क्रान्तिकारी जिल्ला कमिटी मोरङले पोष्टर टाँस्ने कामलाई तीव्रता दिएको छ ।

मोरङका विभिन्न भागहरूमा पोस्टर टाँस्ने काम भइरहेको सँगसँगै विद्यार्थीहरूमा पार्टीको कार्यदिशा र वैज्ञानिक शिक्षा प्रणालीका बारेमा ज्ञान बाँड्ने काम भइरहेको अखिल क्रान्तिकारी जिल्ला कमिटी मोरङले जनाएको छ । मोरङका विद्यार्थी संयोजक र मेची कोशी पूर्व ब्युरो इन्चार्ज पुष्प न्यौपानेले तिब्रता दिइरहेको बताएका छन् ।

पार्टीका सम्पूर्ण व्यक्तित्वहरूले पनि उत्साहजनक सहयोग गरिरहेको पाइएको र मोरङका विभिन्न स्कुल तथा क्याम्पसहरूमा पोस्टर टाँस्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :