बिनायक तोली सडक खण्ड अबरुद्ध, नगरपालिकाका जनप्रतिनिधि लुँछाचुडिमै बस्त

बिनायक तोली सडक खण्ड अबरुद्ध, नगरपालिकाका जनप्रतिनिधि लुँछाचुडिमै बस्त

बिनायक : अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको बिनायक बजारदेखि तोली जाने सडक खण्ड अबरुद्ध भएको छ । बिगत ३ बर्ष यता अबरुद्ध हुँदै आएको छ । बिनायक बजारदेखि करिब १ किल्लोमिटर अगाडि श्री पुर्ण आधारभुत विद्यालय नजिकै बिगत चार बर्ष यता बर्सेनि सडक बगेर अबरुद्ध हुँदै आइरहेको छ । स्थानीय तहमा स्थानीय जनप्रतिनिधि निर्वाचित भएर नगर सरकार स्थापना भै करिब पाँच बर्षे कार्यकालको अन्तिम अवस्थामा पुगिसकदा पनि नगर पालिका यो बिषयमा बेखबर रहेको छ । नगर पालिकाका जनप्रतिनिधिको नजर अझैँसम्म पुग्न सकेको छैन ।

प्रत्येक बर्ष बर्षायाममा अत्यधिक बर्षाको कारण बर्खाको समयमा बाटो बग्दै आइरहेको भएता पनि नगरपालिकाले उक्त पहिरोलाई रोक्न कुनै खालको पहल नगर्नु त जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्नु हो । स्थानिय बिकास निर्माणकार्यहरू सडक बाटोहरूको मर्मत पुलपुलेसा खोला नालाहरूको संरक्षण र सम्बर्धन गर्नु नगरपालिकाको दायित्वको कुरा भएता पनि यो बिषयमा नगरपालिकाका जनप्रतिनिधिले कुनै खालको चाँसो नदेखाउनुले जनतामा बितृष्णा पैदा भएको छ । मानिसहरूले बिरामी बोक्दा पनि एम्बुलेन्स नचल्न सक्ने गरि बाटो बिग्रेको हुँदा स्टेचरमा बिरामी बोक्नुपर्ने अवस्थाको सिर्जना भएको छ । स्थानीय तहका र प्रदेश तहका जनप्रतिनिधिहरूले चुनावताका बेला त जनताको घरदैलो अभियान गर्दै दिएको पर्तिबद्धता उहाँहरूको चुनावी घोषणा पत्रहरू र चुनावी नाराहरू चुनावमा निर्वाचित भैसकेपछि देश र जनताको नाममा खाएका बाचाहरू खैत कार्यान्वयन गरेको ? सम्पूर्ण जनता यी यस्ता थुप्रै प्रश्नहरूको जवाफ खोजिरहेका छन् ।

यस्तै यो सडकको पहिरोले जनप्रतिनिधिहरूलाई के नै फरक पर्ला तै पनि यो पहिरोले सयौँ विद्यार्थी भाइबहिनीहरूको भबिष्य माथि भने निकै धक्का पुर्याउने खतरा छ । उक्त पहिरोको कारण श्री पुर्ण आधारभूत विद्यालय यसको अत्यन्तै जोखिममा छ । विद्यालयको पठनपाठन कार्य सुरु भइसक्दा पनि नत विद्यालय प्रशासनले निकास खोज्यो नत नगरपालिकाले निकास नै दियो । बर्खाको समयमा विद्यालय सञ्चालन गर्दा विद्यार्थीहरू शिक्षक र अभिभावकहरूलाई निकै चिन्ताले पिरोली रहेको हुन्छ । विद्यालयमा पढ्न गएको अवस्थामा कहिलै आफ्ना बालबच्चा पहिरो खसेर दुर्घटना त हुँदैन यो चिन्ताले त्यहाँका अभिभावक र शिक्षक र विद्यार्थीलाई हरेक बर्खा सताइरहेको हुन्छ, साथै यो पहिरोले श्री पुर्ण आधारभुत विद्यालयको भौतिक संरचनाहरूलाई पनि क्षतबिक्षत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :