युवा सङ्गठन नेपाल नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

युवा सङ्गठन नेपाल नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको नारायणी क्षेत्रीय समन्वय समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठक चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा बिहीबार सम्पन्न भएको हो ।

बैठकले आगामी कात्र्तिक १३ देखि १५ गतेसम्म दाङमा हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप व्युरो भित्रका सबै जिल्लाहरूमा सङ्गठन निर्माण अभियानलाई तीव्रता दिने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य तथा नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक राम सेढाइँले जानकारी दिए ।

बैठकमा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथिसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले सङ्गठन निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाउन निर्देशन दिए । साथै उनले सङ्गठन निर्माण सँगसँगै वैज्ञानिक समाजवाद र जनमतसङ्ग्रहका विषयमा प्रचारात्मक कार्यलाई पनि अगाडि बढाउन निर्देशन दिएका छन् ।

त्यसैगरी विशेष अतिथि युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेशले आगामी कात्तिक १३, १४ र १५ गते दाङमा हुने राष्ट्रिय सम्मेलनको तयारीलाई व्यापक बनाउन निर्देशन दिए ।

नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देशको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बैठकमा युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश विशेष अतिथि रहेका थिए भने नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटा अतिथि रहेका थिए । बैठकको अध्यक्षता युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक राम सेढाइँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :