डडेल्धुराको आलिताल गाउँपालिका वार्ड भेला सम्पन्न

डडेल्धुराको आलिताल गाउँपालिका वार्ड भेला सम्पन्न

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा जिल्ला अन्तर्गत आलिताल गाउँपालिकाको वार्ड नम्बर ६ मा वार्ड भेला सम्पन्न भएको छ । वार्ड संयोजक धनबहादुर बिष्टको अध्यक्षता र जिल्ला सेक्रेटरी विजयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सेक्रेटरी विजयले दलाल संसदीय व्यवस्थाका बिरुद्ध हामी निरन्तर सङ्घर्षमा छौँ, यो व्यवस्था लुटिखाने जनतालाई सत्ताको लागि प्रयोग गर्ने मात्र भएकाले जनताले नै निर्माण गरेको प्रत्यक्ष जनसत्ता वैज्ञानिक समाजवादबाट मात्रै हुने सम्भव भएकाले आम नागरिकले एकीकृत जनक्रान्तिको पक्षमा उभिन आह्वान् गरेका छन् ।

उक्त कार्यक्रममा सेक्रेटरी विजय, शिरिष, गन्यापधुराका सेक्रेटरी रोहित, चन्द्र लाल, कृष्ण गणेश लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । भेलाबाट २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :