जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम भेला सम्पन्न

अध्यक्षमा राजन जैगडी चयन

जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । संगठनले बिहिबार घोडाघोडी नगरपालिकाको सुखडमा प्रथम भेला सम्पन्न गरेको हो । सुखडमा सम्पन्न जिल्ला भेलाले राजन जैगडीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकास पुनको प्रमुख अतिथि रहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दिपेन्द्र चलाउने, जनपत्रकार संगठन नेपालका सुदूरपश्चिम संयोजक प्रकाश थापा, जनपत्रकार संगठन नेपाल कैलालीका निवर्तमान संयोजक लोकेन्द्र थापा र विभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।


भेलाबाट अध्यक्षमा राजन जैगडी, उपाध्यक्ष पुष्पा साउँद, सचिव टीकाराम साउँद चयन भएका छन । त्यस्तै सदस्यमा दिर्घ शाही, पृथ्वी लुहार, दिनेश बोहरा, प्रविन बडायक, अनिल चौधरी र उत्तम पाध्याय चयन भएका छन । बाँकी पदाधिकारी दोस्रो जिल्ला बैठकबाट चयन गर्ने निर्णय भएको अध्यक्ष जैगडीले जानकारी दिए।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा केन्द्रिय सदस्य ओमप्रकाश पुनले नेपालमा भएका पत्रकार र सञ्चार गृहहरु कुनै न कुनै पार्टीसंग आबद्ध रहेको दाबि गरे। पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडियामालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए।सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई कुनै पार्टीका नेता कार्यकर्ताको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो। उनले भने ‘जनपत्रकार संगठन नेपालमा आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । पत्रकारले कुनै पार्टीमा आस्था राख्न पाउँछ तर उसले आफ्नो दायित्व भुलेर काम गर्नु हुदैन ।’


समाजमा रहेका गरीब, पीडित, शोषीत वर्गहरुका समस्यालाई आफ्नो कलमको मध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारीता गर्नु पर्नेमा उनले जोड दिए । हामी अहिले डिजिटल युगमा छौ हामी सबै लेख्न र बोल्न सक्छौ त्यसैले हामी सबै पत्रकार हौं तर फरक यत्ति हो कसले कसरी सूचना सम्प्रेषण गरिरहेको छ । उनले सबै पत्रकारले गलत नलेख्ने सबै पत्रकार गलत नहुने बताए।केही पत्रकारले घटनालाई तोडमोड गरी आफ्नै शैलीमा ढालेर समाचार लेख्न खोज्दा समाजका सर्वसाधारण नागरिकले गलत सूचना पाउँछन ।’ त्यसैले गलत सुचना सम्प्रेषण नहोस् भनेर पत्रकार सचेत हुनुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :