अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

परासी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको १६ औँ पूर्ण बैठक नवलपरासीमा सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य धुर्वको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता सङ्गठनका केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले गरेका थिए । बैठक आगामी असोज ६, ७ र ८ गते हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप बसेको हो ।
बैठकले आगामी आन्दोलन कार्यक्रम तयार पनि गरेको छ । सांगठनिक गतिविधि तथा सङ्गठन निर्माणलाई तिब्रता दिँदै पेट्रोलियम पदार्थको मूल्य बृद्धिको भण्डाफोर कार्यक्रम र सामुदायिक एवम् निजी विद्यालयले लिएको अनावश्यक मनोमानी शुल्कको बिरोधका कार्यक्रम अगाडि बढाउँदै जाने निर्णय भएको केन्द्रीय एवम् रुपन्देही इन्चार्ज रुपा बुढाले बताइन् ।

बैठकमा लुम्बिनी समन्वय समिति अन्तर्गतका जिल्ला अध्यक्षहरूले जिल्लाको सांगठनिक रिपोर्टिङ गरेका थिए ।

बैठक नेकपा केन्द्रीय सदस्य एवम् नवलपरासी/नवलपुर इन्चार्ज धुर्व, नवलपरासीका सेक्रेटरी धिरज, सङ्गठनका केन्द्रीय सदस्य एवम् लुम्बिनी समन्वय समितिका संयोजक बिरेन्द्र विक, केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज रुपा बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :