नेकपाका नेता एटमले कालीकोट कारागारमा कैदीबन्दीहरूलाई भेटे

नेकपाका नेता एटमले कालीकोट कारागारमा कैदीबन्दीहरूलाई भेटे

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी बिहीवार कालीकोट जिल्लाको जिल्ला कारागारमा राजबन्दीहरूसँग भेटघाट गरेका छन् । नेता एटमको नेतृत्वमा जिल्ला कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीलाई भेटघाट गर्दै उनीहरूको अवस्थाकोबारे जानकारी लिएका हुन् ।

नेता एटम लगायतको टिमले सरकारद्वारा झुट्टा मुद्दा, बिस्पोटक पदार्थ तथा खरखजनाको केसमा जेल जीवन बिताइरहेका आफ्ना कार्यकर्ता दोभान र प्रकाशलाई समेत भेटेका छन् ।

नेता एटमले दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु, जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र यी क्रान्तिकारीको लागि उपहार भएको बताए । उनले कोही पनि यो संसारमा स्वतन्त्र नभएको भन्दै कैदी तथा बन्दीहरूलाई तपाईहरू सानो जेलमा हुनुहुन्छ र हामी बाहिर ठुलो जेलको घेरा रहेका छौँ भने । बिसीले पुँजीवादको उत्पीडन, शोषण दमनमा सर्वहारा श्रमजीवी परिरहेकाले त्यसबाट सधैँका लागि मुक्त नभएसम्म कोही पनि ठुलो जेलबाट मुक्त नहुने ठोकुवासमेत गरे । साथै उनले कैदी बन्दीहरूको मागलाई सम्बन्धित पक्ष समक्ष ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

भेटमा कैदी बन्दीहरूले आफूहरूको स्वास्थ्यमा कारागार प्रशासनले खेलवाड गरेको भन्दै स्वच्छ खानेपानी, स्वास्थ्य उपचार लगायतका विषयमा पहल गरिदिन आग्रहसमेत गरेका थिए । सो अवसरमा नेकपाले कैदी बन्दीहरूलाई खेलकुद सामग्री भलिबल र फलफुल पनि वितरण गरेको थियो ।

भेटघाटमा नेता एटमसँगै जिल्ला इन्चार्ज बिराट, सेक्रेटरी रणदिप लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :