वैज्ञानिक समाजवादका लागि बृहत कम्युनिस्ट एकता जरुरी : कञ्चन

वैज्ञानिक समाजवादका लागि बृहत कम्युनिस्ट एकता जरुरी : कञ्चन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले वैज्ञानिक समाजवाद प्राप्तिको लागि बृहत कम्युनिस्ट एकताको जरुरी रहेको बताएका छन् । नेकपा कालीकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक सङ्कट र समाधान” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कञ्चनले यस्तो बताएका हुन् ।

नेता कञ्चनले आजको सबै क्षेत्रको सङ्कटको मूल कारण दलाल संसदीय पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । उनले भने, “वैज्ञानिक समाजवादमा पुग्न प्रगतिशील सरकार चाहिन्छ, त्यसको मातहतमा लोकतन्त्रको उच्चतम् प्रयोग संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्छ ।” साथै उनले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसङ्ग्रह आवश्यक भएको दावी गरे ।

अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य एटम बिसी, नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य तुलराज बिष्ट, नेकपा एमालेका प्रदेश सदस्य धिरबहादुर बम, मजदुर किसान पार्टीका खडकराज शाही, नेकपा माओवादी केन्द्र समाजवादीका सागर बिक लगायतले वैज्ञानिक समाजवाद नेपालमा आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी संस्थाका प्रतिनिधिहरू, पत्रकार मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर नेता कञ्चनले दिएका थिए । नेकपाका जिल्ला इन्चार्ज बिराटको अध्यक्षतामा कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :