अखिल (क्रान्तिकारी) रुकुम पश्चिम सम्मेलन आयोजक समितिको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) रुकुम पश्चिम सम्मेलन आयोजक समितिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको जिल्ला सम्मेलन आयोजक समितिको बैठक मुसिकोटमा सम्पन्न भएको छ ।

सम्मेलन आयोजक समिति संयोजक सोम्पल कामीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टी जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाको विशेष उपस्थिती रहेको बैठकमा संगठनका केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक दिपक बिष्ट र निवर्तमान जिल्ला अध्यक्ष तथा राप्ती क्षेत्रीय समन्वय समिति सदस्य प्रेम प्रशान्त बोहराको आतिथ्यता रहेको थियो ।

बैठकले कोरोना महामारीका कारण गएको बैशाख ८ र ९ मा हुने भनिएको स्थगित अखिल (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमको सम्मेलन २०७८ भाद्र २७ गते मुसिकोटमा सम्पन्न गर्ने र संगठनको केन्द्रिय समितिको आगामी असोज ५,६ र ७ गते पोखरामा हुन गइरहेको सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनलाई केन्द्र भागमा राखेर संगठानिक गतिविधि संचालन गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकमा उपस्थित पार्टी केन्द्रिय सदस्य विश्व, पार्टी सेक्रेटरी चन्द्रबहादुर बुढा र संगठनका केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समिति संयोजक दिपक बिष्टले संगठनका सबै गतिविधिलाई राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलन केन्द्रित बनाउन निर्देशनमूलक प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । । साथै पार्टी र आन्दोलनलाई चलायमान र गतिशील बनाउन विद्यार्थी शक्ति सबैभन्दा महत्त्वपूर्ण शक्ति भएकोले जिम्मेवारपूर्वक आफ्नो कामकाज संचालन गर्न पार्टी केन्द्रिय समिति सदस्य विश्वले प्रशिक्षण दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :