दलित मुक्तिमोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न

दलित मुक्तिमोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न

 

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाबाट २० सदस्यीय कमिटी चयन गरिएको छ । दलित मुक्ति मोर्चा नेपाल चन्द्रागिरी नगर अध्यक्षमा रणबिर निर्वाचित भएका छन् ।

भेलालाई सम्बोधन गर्दै मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष नन्द सिंहले २००४ सालदेखि हरेक आन्दोलन हुँदै दश वर्ष जनयुद्ध र ०६२ र ०६३ को जनआन्दोलनसम्म आउँदा दलित समुदायको सबैभन्दा बढी महत्त्वपूर्ण योगदान र बलिदान रहेको बताए । विडम्बना निरंकुश शासकहरुले आफ्नो स्वार्थ शक्ति प्राप्त गर्ने हतियारको रूपमा प्रयोग गर्दै आएको यिनले दलित, जनजातिको नाममा झुटा भ्रमको आसपास देखाएर राजनीतिक गर्ने थलो बनाएको भन्दै आक्रोश जनाए । अब निरंकुश तानाशाहका विरुद्ध कडा रूपमा बिद्रोह गर्न सम्पूर्ण दलित समुदाय एकजुट भइ क्रान्तिको मैदानमा उत्रन सबैलाई आग्रह गरे दलित मुक्तिमोर्चा नेपाल जिल्ला समिति काठमाडौंका सचिव बिर्ख बहादुर परियारले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :