अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न

अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको जिल्ला सम्मेलन आयोजक समितिको बैठक मुसिकोट स्थित पार्टी सम्पर्क कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।

सम्मेलन आयोजक समिति संयोजक अनिता विकको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, पार्टी सचिवालय सदस्य तथा कार्यालय सचिव प्रेम प्रशान्त बोहरा र पार्टी सचिवालय सदस्य मकर बहादुर ओलीको समेत आतिथ्यता रहेको थियो । बैठकले उपयुक्त मिति र सन्दर्भ तय गरेर अनमसंघ क्रान्तिकारी जिल्ला समिति रुकुम पश्चिमको सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको बताइएको छ ।

साथै लघुवित्तीय संस्थाले मुलतः महिलाहरुमाथि नै चरम आर्थिक शोषण र लुट गरिरहेको भन्दै यसको विरुद्ध संघर्ष गर्ने, उत्पीडनमा रहेका महिला, घरेलु हिंसामा परेका तथा विभिन्न हिसाबले शोषण र दमनमा रहेका महिलाहरुको अधिकारको निम्ति अहोरात्र तत्पर रहने निर्णय उक्त बैठकले गरेको बताइएको छ ।

साथै बैठकलाई मार्गनिर्देश र प्रशिक्षित गर्न बैठकमा उपस्थित बैठका प्रमुख अतिथि तथा पार्टी केन्द्रिय समिति सदस्य तथा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले महिलाहरु आफ्नो दैनिकमा मात्रै केन्द्रित नभएर महिलाहरुको न्याय, समानता, स्वतन्त्रता र अधिकारको निम्ति एकजुट हुनुपर्ने र त्यसको निम्ति वर्तमान व्यवस्थाको रुपान्तरण अनिवार्य सर्त रहेकोले प्रगतिशील संयुक्त सरकार जनमतसंग्रह र वैज्ञानिक समाजवादको पक्षमा र व्यवस्था परिवर्तनको ऐतिहासिक र युगीन आवश्यकतालाई मध्यनजर गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति पनि महिलाहरुले संघर्ष गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :