अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिले उपत्यका भित्रका सबै इलाका अन्तर्गतका कलेजहरुमा मागपत्र बुझाएको छ । बन्दाबन्दीको समयमा अनलाइन कक्षाको पहुँचमा नभएका सबै विद्यार्थीलाई वैकल्पिक विधिद्वारा पठनपाठनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयको शुल्कको ५० प्रतिशत शुल्क छुट गरिनुपर्ने जस्ता महत्वपूर्ण मागहरु समेटेर मागपत्रहरु पेश गरेको छ ।

पहिलो चरणमा, जिल्लाका इलाका अन्तर्गत, एक नम्बर इलाकामा ॐ समाज शैक्षिक प्रतिस्ठान कलंकी, स्कुल अफ मेडिकल साइन्स बनस्थली र केआईटि एन्जिनियरिङ कलेज टोखामा इलाका इन्चार्ज भुपाल विकको नेतृत्वमा बुझाइएको छ ।

दुई नम्बर इलाका अन्तर्गत ग्रीन तारा नर्सिङ कलेज भैँसेपाटी, एसियन हेल्थ फाउन्डेसन सातदोबाटो र विनायक कलेज अफ हेल्थ साइन्स बत्तिसपुतलीमा इलाका इन्चार्ज लक्षमण विकको नेतृत्वमा बुझाएको छ र इलाका नम्बर तीन अन्तर्गत होप इन्टर्नेस्नल सातदोबाटो, NIMST ग्वार्को र श्रद्धा नर्सिङ कलेज ठिमी भक्तपुरमा इलाका इन्चार्ज प्रजित विकको नेतृत्वमा बुझाइएको छ ।

माग पत्रमा विद्यार्थीका सम्पूर्ण मागहरु तीन दिनभित्रमा सम्बोधन नगरिए थप संघर्षका कार्यक्रमहरुको घोषणा गर्ने र विद्यार्थीका जायज मागहरुका पक्षमा दृढ भएर लड्ने बताएका छन् ।

जिल्ला समिति अध्यक्ष डिबी चन्दले CTEVT अन्तर्गतका धेरै जस्तो कलेजका मालिकहरुले केवल मुनाफा कमाउनका लागि मात्र शिक्षा क्षेत्रमा लगानी गरेको र लकडाउनको दुखद क्षणमा पनि विद्यार्थी र अविभावकहरुलाई अमानवीय ढंगले लुट मचाइरहेको बताए । उनले भने, `हामीहरुले धेरैपटक यो विषयमा सम्झाइरहेको तर उहाँहरुले नटेरे जस्तो गरिरहनु भएको छ, उहाँहरुलाई अब हामी संघर्षको मैदानबाट जवाफ दिनेछौँ ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :