नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाको अध्यक्षता, पार्टी केन्द्रिय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज डिल्लीराज शर्मा विश्वको प्रमुख आतिथ्यता र सल्लाहकार समिति संयोजक सार्थक र सदस्य चिर्कोको विशेष आतिथ्यतामा बुधबार मुसिकोटमा सम्पन्न भएको हो ।

ऐतिहासिक, दुरगामी र महत्त्वपूर्ण निर्णय गरेको पार्टी जिल्ला समितिले प्रेस विज्ञप्ती जारी सार्वजनिक गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद र क्रान्तिकारी कार्यभा बारे आन्तरिक प्रशिक्षण र स्कुलिङ संचालन गर्ने, सम्पूर्ण जनवर्गीय संगठन र तल्लो समितिका बैठकहरु सम्पन्न गर्ने तथा आम जनताको बीचमा पार्टीको पछिल्लो कार्यनीतिको सम्प्रेषण गर्नको निम्ति व्यापक रूपमा अन्तरक्रिया संचालन गर्ने महत्त्वपूर्ण निर्णय निणय गरेको छ । पछिल्लो कार्यनीतिक मर्म र स्पिडलाई आत्मसात गर्दै संघर्षलाई भ्रष्टाचार, कालोबजारी, तस्करी , लागू औषध सेवन , विक्री, वितरण र उत्पादन, यौन व्यभिचार र लघुवित्तीय संस्थाको ब्रहम लुट विरुद्ध केन्द्रित गर्ने निर्णय बैठकले लिएको छ ।

विज्ञप्तीको पूरा पाठ-

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक जिल्ला सेक्रेटरी कमरेड चन्द्रबहादुर बुढाको अध्यक्षता, पार्टी केन्द्रिय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज डिल्लीराज शर्मा विश्वको प्रमुख आतिथ्यता र सल्लाहकार समिति संयोजक क। सार्थक र सदस्य क.चिर्कोको विशेष आतिथ्यतामा २०७८ भाद्र १६ गते मुसिकोटमा ऐतिहासिक , दुरगामी र महत्त्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । पार्टी जिल्ला समितिको तेस्रो पुर्ू बैठकले लिएका निर्णयहरुको सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ।

निर्णयहरु

१)विकसित र बदलिएको राजनीतिक परिवेशमा हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको कार्यनीति प्रगतिशील संयुक्त सरकार जनमत संग्रह र वैज्ञानिक समाजवाद र क्रान्तिकारी कार्यभारबारे आन्तरिक प्रशिक्षण र स्कुलिङ संचालन गर्ने , सम्पुर्ण जनवर्गीय संगठन र तल्लो समितिका बैठकहरु सम्पन्न गर्ने तथा आम जनताको बीचमा पार्टीको पछिल्लो कार्यनीतिको सम्प्रेषण गर्नको निम्ति व्यापक रूपमा अन्तरक्रिया संचालन गर्ने महत्त्वपूर्ण निर्णय लिइएको छ ।

२)पछिल्लो आवश्यकता र पार्टीको थपिएको वर्तमान ऐतिहासिक कार्यभार पूरा गर्ने सन्दर्भमा बलियो र जुझारु समितिको निर्माणका लागि पार्टी जिल्ला समितिलाई विस्तार गरी पार्टी जिल्ला समिति ५१ सदस्यीय रहने र त्यसको एक तिहाई सचिवालय रहने गरि महत्त्वपूर्ण संगठानिक निर्णय लिइएको छ । त्यस्तै पार्टी जवसहरु विद्यार्थी, युवा, महिला , दलित मुक्ति मोर्चा लगायत सबैको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरियो । साथै व्यापक रूपमा जिल्लाभर पार्टी सदस्यता आवेदन तथा नविकरणको कामकाजलाई अगाडी बढाउने निर्णय गरियो ।

३) पार्टी कामकाजलाई व्यवस्थित , सहज र सरल बनाउन विभिन्न विभागहरुको गठन र गाउँ र नगर समितिको कार्यविभाजन गरिएको छ । साथै कार्यालय सचिवको भूमिकामा क. प्रेम प्रशान्त बोहरालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

४) पार्टी केन्द्रिय नीतिलाई आत्मसात गर्दै पार्टी जिल्ला समितिलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन उत्पादन सम्बन्धि महत्वपूर्ण निर्णय लिइएको छ । साथै आठबिसकोटमा समाजघर निर्माण गर्ने साथै यस अगाडिको दोस्रो पूर्ण बैठकले पार्टी जिल्ला सचिवालय सदस्य क. चन्द्रबहादुर खड्काको घरमा निर्माण कार्यमा सहयोग गर्ने महत्त्वपूर्ण निर्णय लिइएको छ।

५) पछिल्लो कार्यनीतिक मर्म र स्पिडलाई आत्मसात गर्दै संघर्षलाई भ्रष्टाचार , कालोबजारी, तस्करी , लागू औषध सेवन, विक्री ,वितरण र उत्पादन , यौन व्यभिचार र लघुवित्तीय संस्थाको ब्रहम लुट विरुद्ध केन्द्रित गर्ने निर्णय लिइएको छ।

६) पार्टी जिल्ला समितिले समाजवादी सहकारी गठन गर्ने महत्वपूर्ण निर्णय लिइएको छ।

७) जिल्लाका शहरी क्षेत्र र व्यापारीक केन्द्रहरूमा पार्टी जिल्ला समितिले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाइ कार्यक्रम संचालन गर्ने निर्णय गरियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :