अखिल (क्रान्तिकारी) डडेल्धुराले पनि विद्यालयमा मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) डडेल्धुराले पनि विद्यालयमा मागपत्र बुझायो

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डडेल्धुराले पाँच बुँदे माग सहित विभिन्न विद्यालयमा मागपत्र बुझाएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गणेश बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पाँच बुँदे माग राखिएको छ ।

उक्त मागपत्रमा संविधानमा निःशुल्क शिक्षा भनेता पनि विद्यालयहरूले विभिन्न बाहानामा शुल्क लिने गरेको शुल्कको खारेजी, छात्रवृत्ति समयमै उपलब्ध र प्रार्दशिता, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, विद्यालयबाट दिइने सम्पूर्ण कागजात निःशुल्क व्यवस्था जस्ता मागसहित मागपत्र बुझाएको बताए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यक्रम अनुसार डडेल्धुराका जिल्ला अध्यक्ष गणेश बोहराको नेतृत्वममा श्री दुर्गा मावि आलिताल ८ डोलामा विभिन्न मागसहित पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :