अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाको आठौँ जिल्ला सम्मेलन असोजमा

अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाको आठौँ जिल्ला सम्मेलन असोजमा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले आठौँ जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार सम्पन्न पाँचौ बैठकले आउँदो असोज २ गते शनिबार जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले आठौँ सम्मेलनको तयारीका लागि अध्यक्ष प्रेम केसीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त समितिमा सम्पूर्ण जिल्ला समिति सदस्यहरू रहेका छन् ।

लिबाङमा सम्पन्न भएको बैठकलाई अध्यक्ष प्रेम केसीले सञ्चालन गरेका थिए भने नेकपा रोल्पा जिल्ला सेक्रेटरी दिनेशबिक्रम चन्द ‘मानव’ प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अन्य अतिथिहरू अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य प्रेमबहादुर वली, जनपत्रकार सङ्गठन नेपाल रोल्पाका अध्यक्ष हर्कबहादुर घर्तिमगर र क्रान्तिकारी बिद्यार्थी सङ्गठन रोल्पाका अध्यक्ष हरि वलीको उपस्थिति रहेको थियो ।

बैठकका प्रमुख अतिथि चन्दले विगतको परिवर्तनकारी आन्दोलनमा शिक्षकको ऐतिहासिक भूमिका बारे प्रस्ट पार्दै शिक्षकको आगामी कार्यभार बारे प्रष्ट्याएका थिए । पार्टीको आगामी नीति तथा योजनाबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :