अखिल (क्रान्तिकारी) कपिलवस्तुले दुई बुँदे मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) कपिलवस्तुले दुई बुँदे मागपत्र बुझायो

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले विभिन्न बहानामा शुल्क लिने सामुदायिक विद्यालयहरूमा शुल्क खारेजीको माग गर्दै दुई बुँदे मागपत्र बुझाएको छ ।

सङ्गठनको पूर्वघोषित कार्यक्रम अन्तरगत मङ्गलबार जिल्लाका मुख्य १३ वटा अनावश्यक शुल्क लिने विद्यालयहरूमा उक्त मागपत्र बुझाएको हो । जसअन्तर्गत जनता मावि (पिपरा), बाणगङ्गा मावि (गजेडा), बाणगङ्गा मावि (बोडगाउँ), भृकुटी मावि (बुड्डी), श्री मावि (इमिलिया), गौतम बुद्ध मावि (गरुसिङ्गे), सिदार्थ स्मारक (भेलाइ), राष्ट्रिय मावि (चनौटा), नेपाल आदर्श मावि (शिवपुर), राम गोरखा मावि (बहादुरगन्ज) लगायत विभिन्न सामुदायिक विद्यालयहरूमा २ बुँदे मागपत्र बुझाएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।

मागपत्रमा विभिन्न बहानामा लिने शुल्क खारेज गर्न र विद्यालयको प्रशासनले मनपरी ढङ्गले शिक्षक नियुक्त गर्ने कार्य तत्काल नियन्त्रण गर्न माग पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :