नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण कार्यक्रम मङ्गलबार राकम कर्णाली बजारमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्था र संसदीय पार्टीहरू असफल भएको कुरा बताएका छन् । उनले अहिलेको राजनीतिक सङ्कटको अग्रगामी राजनीतिक समाधान दलाल सरकारको विकल्पमा संयुक्त प्रगतिशील सरकार, दलाल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था, संसदीय निर्वाचनको विकल्पमा दलाल पुँजीवाद र वैज्ञानिक समाजवादको बीचमा जनमतसङ्ग्रह गरिनुपर्ने कुरामा जोड दिए । बास्तोलाले संसदीय व्यवस्थाको विरुद्ध जनताहरू सडकमा आउनुपर्ने कुराको चर्चासमेत गरे ।

यस्तै अर्का अतिथि केन्द्रीय सदस्य एटम बिसीले संसदीय व्यवस्थाले जनतालाई बिकास, समृद्धि र स्थायित्वको नाममा बिनाश, कङ्गाल अस्थिरता दिएर लुटिरहेकाले यो व्यवस्थाबिरुद्ध आफूहरूले सङ्घर्ष गरेको बताए । उनले संसदीय व्यवस्थाबिरुद्ध जनतालाई एकताबद्ध गर्दै सडकमा उतार्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी दिपेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :